पोउवासंघ महाधिवेशनः उपमहासचिव पदको स्वतन्त्र उम्मेदवार प्रधानाङ्ग घरदैलोमा

-


     नयाँ लिपि    
     भाद्र २२ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले उपमहासचिव उम्मेदवारी सुदिप प्रधानाङ्ग घरदैलोमा पुगिरहेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका सुदिप प्रधानाङ्ग चुनावी मैदानमा छन् । कुनै पनि व्यवसायी संस्थामा राजनिति हुनुहुन्न भन्ने प्रधानाङ्ग उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारका रुपमा खरो भएर उर्तिएका छन ।

पदिय कार्यश्रेत्र भित्र रहि प्रधानाङ्गले व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने जनाएका छन ।

घर दैलोको क्रममा मतदाताले टिका लगाई प्रधानाङ्गलाई जितको शुभकामना दिदै

युवा विदेशीने ट्रेन हामीले रोक्न सकेनौ भने देश युवा बिहिन हुन्छ,त्यसैले युवालाई व्यवसायिक बनाउन सहज वातावरण बनाउने काममा आफुले पहल गर्ने बताएका छन ।

उनी पोखरा–१७ बिरौटा हार्डवयर एण्ड सेनेटरी,श्रैयाइस सप्लार्यसका मालिक हुन । युवा व्यवसायी सुदिप सिटी वान टेलिभिजनका निर्देशक समेत हुन ।

उनी पोखरा उद्योग वाणिज्य संघमा २ कार्यकाल कार्यसमिति सदस्य भएर कार्य गरेको अनुभव समेत बटुलि सकेका छन । उनी युवा बौद्ध संघ धर्मशिला बुद्ध बिहारका निर्वतमान अध्यक्ष,लायन्स क्लब अफ पोखरा लेकसिटीका प्रथम उपाध्यक्ष,बुद्ध जयन््रती समारोह समितिका निर्वतमान सचिव भएर काम गरि सकेका छन ।

उनी उद्योग वाणिज्य संघमा आबद्ध सदस्यहरुको घरदैलोमा बिहान देखि हिडेका छन । स्वतन्त्र उम्मेदवार भएकोले घरदैलोमा हिड्ने क्रममा उपसचिवमा प्रधानाङ्गलाई नै जिताउछौ भन्ने गरेको सुदिप प्रधानाङ्गकोे प्रचारमा हिडेका विनोद शाक्यले बताए ।