पोखरा १३ को घुम्ती सेवा

-


     नयाँ लिपि    
     भाद्र २१ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका १३ ले घुम्ती सेवा प्रवाह सुरु गरेको छ । अशक्त जेष्ठ नागरिक तथा फरक क्षमता भएका सामाजिक सुरक्षा भत्ता लाभग्राही नागरिकलाई घरमै पुगेर सेवा दिइएको वडाध्यक्ष किरण बरालले जानकारी गराए ।

घरमै वडाको सेवा पाउँदा नागरिक पनि खुशी छन् । सामाजिक सुरक्षा भत्ताकै लागि वडा धाउनुपर्ने समस्याबाट उनीहरुलाई मुक्ति मिलेको छ । वडा सचिव, वडा सदस्य लगायतका कर्मचारीहरु स्थानीयकै घरमा गएर सेवा दिएका छन् ।

पोखरा १३ को गतिविधिले त्यस ठाउँको स्थानीयलाई सरकार घरमा नै आएको आभाष भएको छ । संघीयताको मर्मअनुसार सेवा प्रवाह गर्न पाउँदा वडाध्यक्ष बराल पनि खुशी छन् ।

नागरिकलाई सरल र सहज सेवामा उनको दैनिकी बित्न थालेको छ । भौतिक विकास सँगै शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा समेत काम गर्दै आएको वडाले नागरिकमैत्री वातावरण बनाउँदै समस्याको समाधान गर्ने काम गर्दै आएको छ । “हामी नागरिकको सेवामा तल्लिन छौं ।

नागरिकलाई कसरी हुन्छ, सरल र सहज रुपमा सेवा प्रवाह गर्ने सोच हाम्रो हो । आशा छ हामीले सुरु गरेको घुम्ती सेवा प्रभावकारी बन्नेछ ।”, वडाध्यक्ष बरालले भने ।