लामाचौर कप भलिबल प्रतियोगिता सुरु ( तस्विर सहित)

- महिलातर्फ एपिएफ र डायमण्ड तथा पुरुषतर्फ विभागीय डर्वी विजयी

-


     नयाँ लिपि    
     भाद्र १८ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा १९ लामाचौरमा आजदेखी राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।

नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा महिला राष्ट्रिय भलिबल प्रतियोगिताको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण सुरु भएको हो । 

प्रतियोगिताको पहिलो दिन महिलातर्फ एपिएफ र टिपटप न्युु डायमण्डले जित हासिल गर्दा पुरुषतर्फ एपिएफ र पुलिसले जित निकाल्यो ।  

महिलातर्फ भएको पहिलो खेलमा विभागिय क्लब एपिएफले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । एपिएफले पहिलो सेट २५–१४ र दोस्रो सेटमापनि २५–१४ कै जित निकाल्यो । तेस्रो सेटमा एक समय १३–२० ले पछि परेको एपिएफले लगातार अंक बटुल्दै १९–२० को स्थितिमा खेल पु¥याँदै २४–२४ को बराबरीमा पुु¥याएपनि उक्त सेट गण्डकीले २६–२४ ले आफ्नो पक्षमा पा¥यो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफले २५– १३ को सेटमा हराउँदै जितको सुरुवात गरेको हो । 

दोस्रो खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबललाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुवात ग¥यो ।  पहिलो सेटमा २५–१४ को जित निकालेको न्यु डायमण्डले दोस्रो सेट २५–१२ र तेस्रो  २५–१७ को सहज जित निकाल्न सफल भयो ।

पुुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई ३–१ को सेटमा हराउन सफल भयो । पहिलो सेट २५–१७ ले जितेको एपिएफ दोस्रो सेटमा २५–२७ ले पछि प¥यो । तेस्रो सेटमा खेलमा फर्किएको एपिएफले २५–१६ र चौथो सेटमा २६–२४ ले हराउँदै पहिलो जित दर्ता गराएको हो ।

अन्तिम खेलमा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्लबले सोझो सेटमा पाखा लगाएको छ । पहिलो सेट २५–१७ ले जितेको पुलिसले दोस्रो सेटमा २५–२१ को जित निकाल्दै जिततर्फ लम्किएको थियो । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा

पुलिसलाई जित निकाल्न हम्मे हम्मे प¥यो । खेलमा फर्कने प्रयास गरेपनि गण्डकीमाथि पुलिसले ३०–२८ को जित निकाल्न सफल रह्यो ।  

राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपिएफ क्लब सहभागि छन् ।

पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ ।
भोलीको पहिलो खेल महिला तर्फ टिपटप न्यु डायमण्ड युथ स्पोर्टस र गण्डकी प्रदेश बिच बिहान ८ बजे हुनेछ भने दोस्रो खेल महिला तर्फ एपिएफ क्लब र एभरेष्ट भलिवल क्लब बिच बिहान १० बजे, तेस्रो खेल पुरुष तर्फ नेपाल पुलिस क्लब र ट्राभल इन्क्वाइरी गलकोट बिच मध्यान्न १२ः१५ बजे र भोलीको अन्तिम एवं

प्रतियोगिता उद्घाटन खेल पुरुष तर्फ गण्डकी प्रदेश र एपिएफ क्लब बिच दिउँसो २ः१५ बजे संचालन हुनेछ ।

२१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन महिलातर्फ २ र पुरुषतर्फ २ गरी चार खेल हुनछन् । प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत आकर्षक पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।