दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

-


     नयाँ लिपि    
     भाद्र १५ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ १७ औं पुस्तकालय दिवस २०८१ को अवसरमा “पठन संस्कृतिको विकासमा पुस्तकालयको भूमिका ” विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

लेखनाथ क्षेत्रका १९ संस्थागत तथा सामुदायिक विद्यालयहरुका कक्षा ८,९र १० का २९ विद्यार्थीहरु सहभागी रहेको वक्तृत्वकला प्रतियोगितामा डायमण्ड माविकी अंकिता आचार्यले प्रथम स्थान हाँसिल गरिन् । प्रतियोगितामा जनप्रकाश मा विकी अनुसा काफ्ले दास्रो डायमण्ड कै स्वस्तिका देवकोटाले तेस्रो स्थान हाँसिल गरिन् ।

चौथो र पाचौं स्थानमा क्रमश गोगन माविकी सुजाता पौडेल र रिलायन्स पब्लिककी दीपशिका क्षेत्री विजयी बनिन ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पठन संस्कृतिको विकास गर्नको लागि पुस्तकालय दिवसले प्रोत्साहित बताए ।

दीपशिखा सामुदायिक पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारी,र त्रिवेणी इन्टरनेशनल कलेजका सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल निर्णायक रहेको कार्यक्रममा वक्ताहरुले पठन संस्कृति जगाइ राख्नुपर्नेमा जोड दिएका थिए ।

पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दीपशिखा सामुदायिक पुस्तकालयका कार्यसमिति सदस्य एवम् कार्यक्रम संयोजक विष्णुहरि पौडेलले गरेका थिए । विजयी विद्यार्थीहरुलाई पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवम् वडा नं २९ की वडासदस्य निर्मला पौडेल, पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी र पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीले पुरस्कार वितरण गरेका थिए ।