पाखुरीकोट ‘६’ ए साइडको उपाधी रामघाट ह्वाईटलाई

-


     सुरज श्रेष्ठ    
     भाद्र १४ गते २०८१ मा प्रकाशित


पोखरा । हस्पिटलचोकमा रहेको पैयु फुटसलमा शुक्रबार सम्पन्न भएको पाखुरीकोट ६ ए साइड फुटसलको उपाधी रामघाट ह्वाईटले उचालेको छ ।

रामघाटले फाइनल खेलमा इ मोन एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दे उपाधि कब्जा गरेको हो । रामघाटको जितमा अंकित गुरुङले २ गोल गरे भने टुनटुन गुरुङ र संगम दर्जीले समान १/१ गोल गरे । इमोन एफसीको तर्फबाट भने राहुल थापा र अभिषेक थापाले मात्र १/१ गोल गरे ।

प्रतियोगिताको विजेता रामघाट ह्वाइटले ७० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता इमोन एफसीले ४० हजार नगद सहित ट्रफि,नगद र प्रमाणपत्रमा चित्त बुझाउन पर्यो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक बौद्ध शान्ति रामघाट ह्वाईटका प्रविण गुरुङ र उत्कृष्ट खेलाडी बौद्ध शान्ति रामघाट ह्वाईटकै अंकित गुरुङ घोषित भए ।

उत्कृष्ट गोलरक्षकको ट्रफी र नगद ग्रहण गर्दे रामघाट ह्वाईटका खेलाडी प्रविण गुरुङ

खेलाडीहरुलाई प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि पाखुरीकोट गुरुङ समाज पोखराका अध्यक्ष सिआई हरिध्वज गुरुङ,विशेष अथिति उपाध्यक्ष कृष्ण बहादुर गुरुङ,सचिव केश बहादुर गुरुङ,कोषाध्यक्ष सु.दुध जंग गुरुङ,मादी ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ,मादी गाउँपालिका नेपाली काँग्रेस सभापति यम बहादुर गुरुङ,पाखुरीकोट यूकेका पूर्व अध्यक्ष खिम बहादुर गुरुङ,मादी ९ का वडा सदस्य कविता गुरुङ,प्रतियोगिता संयोजक रन्जन गुरुङ ,आनन्द धर्मचक्र बुद्ध बिहारका अध्यक्ष चन्द्र बहादुर गुरुङ,पाखुरीकोट युवा परिवार पोखराका अध्यक्ष गणेश गुरुङ.सचिव मनि गुरुङ. लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा २५ टिमको सहभागिता रहेको थियो ।

उत्कृष्ट खेलाडीको ट्रफी र नगद ग्रहण गर्दे रामघाट ह्वाईटका खेलाडी अंकित गुरुङ