पाखुरीकोट प्रथम ‘६’ ए साइड आजबाट सुरु

- पहिलो दिन १५ खेल सम्पन्न

-


     नयाँ लिपि    
     भाद्र १३ गते २०८१ मा प्रकाशित


पोखरा । हस्पिटलचोक पोखरामा रहेको पैयु फुटसलमा आज देखि पाखुरीकोट प्रथम ६ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ । दुई दिन सम्म संंचालन हुने प्रतियोगिताको पहिलो दिन १५ खेल सम्पन्न भएको प्रतियोगिता संयोजक रन्जन गुरुङले बताए ।

आज भएको पहिलो उद्घाटन खेलमा एमवाईसी ले रमाईलो एफसीलाई पराजित गर्दे अर्को चरणमा प्रवेश गरेको छ ।
दोस्रो खेलमा स्नेकर भल्ट खेलमा सहभागी नहुदाँ वाक ओभरको आधारमा दिप मंडल विजेता घोषित भयो ।

तेस्रो खेलमा इमोन एफसी विजयी भएको छ । इमोन एफसीले गोल्डेन .नाइट एफसीलाई ४–३ गोलले पराजित गरेको हो ।
चोथौ खेलमा युनाइटेड ब्रर्दश विजयी भएको छ । युनाइटेडले पसगाउँ एफसीलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।

पाचौ खेलमा एस पुरे एफसी विजयी भएको छ । एस पुरेले पेनाल्टीमा ४–३ गोल अन्तरले रामघाट ग्रीनलाई पराजित गरेको हो ।
छैटौ खेलमा पोखरीकोट एफसी ए विजयी भएको छ । पोखरीकोटले टिआरजी सोल्टीलाई ३–१ ले पराजित गरको हो ।
सातौ खेलमा स्वर्णिम एफसी विजयी भएको छ । स्वर्णिमले एबीलिड एफसीलाई ४–० गोलले पराजित गरको हो ।

आठौ खेलमा गरका वाईलेज एफसी विजयी भएको छ । वाईलेजले मार्सल एफसीलाई ३–० गोलले पराजित गरेको हो ।

नवौ खेलमा क्लब डि विजयी भएको छ । क्लब डिले मिक्की एफसी बि लाई १–० गोलले पराजित गरेको हो ।

त्यस्तै आज नै भएको प्रिक्वाटरको पहिलो खेलमा युनाइटेड ब्रर्दश विजयी भएको छ । युनाइटेडले पाखुरीकोट बि लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

प्रिक्वाटरको दोस्रो खेलमा सिएवाईसी विजयी भएको छ । सिएवाईसीले एमवाईसीलाई ३–० गोलले पराजित गरेको हो ।
प्रिक्वाटरको तेस्रो खेलमा दिप मंडला विजयी भएको छ । दिप मंडलाले आयोजक पाखुरीकोट यु–२०लाई २–० गोलले पराजित गरेको हो ।

प्रिक्वाटरको चोथौ खेलमा मिक्की एफसी ए विजयी भएको छ । मिक्की एफसीले एस पुरे एफसीलाई २–१ गोलले पराजित गरेको हो ।

प्रिक्वाटरको पाचौ खेलमा रामघाट ह्वाइट विजयी भएको छ । रामघाट ह्वाइटले पेनाल्टीमा वाईलेज एफसीलाई ३–१ गोलले पराजित गरेको हो ।

त्यस्तै आज सम्पन्न भएको अन्तिम खेलमा आयोजक पाखुरीकोट एफसी ए विजयी भएको छ । पाखुरीकोट एफसीले स्वर्णिम एफसीलाई ४–० गोलले पराजित गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका प्रमुख देवी जंग गुरुङलेले दिप प्रज्वलन गरि कार्यक्रमको उद्धघाटन गरेका थिए । कार्यक्रममा पोखरा १२ का वडा सदस्य शान्ता बहादुर थापा,संगम क्लबका अध्यक्ष नरेन्द्र जंग गुरुङ,एजी एसोशियसनका अध्यक्ष सन्तोष गुरुङ,मादी २ का वडा अध्यक्ष भोज बहादुर गुरुङ मादी ३ का अध्यक्ष विकास गुरुङ, समाजसेवी प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको विजेताले ७० हजार नगद ट्रफी,मेडल,प्रमाणपत्र र उपविजेताले ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा हाल युके निवासी रनध्वज गुरुङ र उहाँको परिवार रहेको छ । त्यस्तै सह–प्रायोजकमा अमेरिकामा रहेको मोहनस् ट्याट्ु इन र बोलजंग/शक्तिजंग/eसुमनजंग गुरुङ रहेको छ । त्यस्तै विजेता र उपविजेताको शिल्ड मेडलको प्रायोजकमा हाल हङकङ निवासी सन्तोष गुरुङ रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृट खेलाडी र सर्वोत्कृष्ट गोलकिपरलाई जनही २५/२५ सय नगद र ट्रफी प्रदान गरिने पाखुरीकोट युवा परिवारको सचिव मनि गुरुङले बताए ।