डागर स्मृति पुरस्कार युवा पाइटल दीक्षान्तलाई

-


     नयाँ लिपि    
     भाद्र १३ गते २०८१ मा प्रकाशित



पोखरा । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा पाइलट दीक्षान्त जंग बहादुर राणालाई अर्पण गर्ने भएको छ ।

प्रतिष्ठानको हालै सम्पन्न बैठकले सन् २०१९ देखि अन्तरिक्ष यात्रीकारूपमा ब्रह्माण्ड अन्वेषणको सपना साकार पार्दै आएका दीक्षान्तलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

ग्ििभलक कलेज ललितपुरमा अध्ययन गर्दै विज्ञान र गणितका विलक्षण प्रतिभा दीक्षान्तले १७ वर्षको उमेरमा डेल्टा क्वालिफ्लाइटबाट व्यावसायिक उडान अनुमतिपत्र प्राप्त गरेका थिए ।

संयुक्त राज्य अमेरिकाबाट पाइलट कोर्ष पूरा गरेसँगै सन् २०१९ बाट उनले व्यावसायिक जीवन शुरू भएका थिए ।
आफ्नै बुबाको प्रेरणादायक विरासत बोकेर उड्डयन, एयरपोर्ट र हेलिकप्टर ब्लेडको गुन्जामा हुर्केका दीक्षान्त हाल बुद्ध एयरका प्रथम अफिसर तथा को–पाइलट रहेका छन् ।

नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा अर्पण गरिने पुरस्कारको राशि २० हजार नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ ।

प्रतिष्ठानले उक्त पुरस्कार हरेक वर्ष राजन पराशर डागरको स्मृति दिवस अथात् ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको छ । यो वर्ष भाद्र २३ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिइन् ।

पुरस्कारबाट यस अघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आर.एम. डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ, युवा वैज्ञानिक मनिषा द्वा पुरस्कृत भइसकेका छन् ।