डुम्रे स्थित एक टहरा भत्किदाँ २ घण्टा विद्धुत अवरुद्ध

-


     नयाँ लिपि    
     भाद्र १२ गते २०८१ मा प्रकाशित


शम्भ्ु श्रेष्ठ, तनहुँ । तनहुँ स्थित डुम्रे बजारमा गए राती पृथ्वीराजमार्ग नजिक रहेको एक अस्थायी टहरा भत्किएको छ । उक्त टहरामा माडे थापा र उनको श्रीमति बस्दै आएका थिए । उनीहरु घरमा नभएको समय टहराभत्किएको थियो । उनीहरु शकुसल रहेको स्थानियले जनाएको छ ।

अहिले पृथ्वीराजमार्ग निर्माणको क्रममा ठुला मेसिनहरु चलाउदाँ राजमार्ग नजिकका घर टहराहरु भत्किने चर्कने र कमजोर भएको सो क्षेत्रका स्थानियले बताएका छन ।

उक्त टहरा भत्किएको कारण करिब २ घण्टा सो क्षेत्रको विधुत अवरुद्ध भएको थियो । चाइनिज कम्पिनीले बाटो निर्माण गर्ने क्रममा स्थानियका धेरै घर र भौतिक संरचना कमजोर भएको छ ।

पहिरोले भत्किएको टहरा

निमार्णका क्रममा क्षति भएको घर र भौतिक संरचनाको विवरण स्थानिय सरकारले रेकर्ड राख्नु पर्ने र निमार्ण कम्पनी संग क्षतिपूर्तिको लागि पहल गर्दिन पर्ने स्थानियको भनाई रहेको छ ।