फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार बाट ४ जना पत्रकार सम्मानित

-


     नयाँ लिपि    
     भाद्र १० गते २०८१ मा प्रकाशित


चितवन । फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ४ जना पत्रकार सम्मानित भएका छन । सम्मानित हुनेहरुमा टेलिभिजन तर्फ बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी,छापातर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बि.क.र रेडियोतर्फ रेडियो परासीका मोघनाथ गौतम सम्मानित भएका हुन ।

खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित समारोहमा उनीहरुलाई सम्मान गरिएको थियो ।

अघिल्लो आर्थिक वर्षभरिमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा प्रकाशन प्रसारण भएका समाचारमध्येबाट फेडवासनले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।

सम्मानित पत्रकारहरुलाई संघीय खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।