साफ यू–२० : नेपाल र बंगलादेश भिड्ने

-


     नयाँ लिपि    
     भाद्र १० गते २०८१ मा प्रकाशित


साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्ने भएको छ ।
आज ( सोमबार) सातदोबाटोस्थित मैदानमा भएको सेमिफाइनल खेल डिफेन्डिङ च्याम्पियन भारतलाई पराजित गर्दे बंगलादेश फाइनलमा प्रवेश गरेको हो ।

बंगलादेशले भारतलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भए पछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । यसअघि नेपालले भुटानलाई पराजित गर्दे फाइनलमा प्रवेश गरिसकेको छ ।

अब बुधबार बंगलादेशले नेपाल संग फाइनलमा भिड्ने छ । आज भएको सेमिफाइनल खेलमा वंगलादेशले भारतलाई पराजित गरे संगै साफ यू–२० यो संस्करणले नयाँ च्याम्पियन पाउने भएको छ ।