साफ यू–२०: जियारेथको उत्कृष्ट प्रर्दशनले नेपाल फाइनलमा

-


     नयाँ लिपि    
     भाद्र ९ गते २०८१ मा प्रकाशित



नेपालले आज (आईबार) भएको सेमिफाइनल खेलमा भुटानलाई पराजित गर्दे साफ यू–२० को फाइनलमा प्रवेश गरेको छ ।

नेपालले सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ गोलले पराजित गर्दे फाइनलको यात्रा सहज बनाएको हो । नेपालका गोलरक्षक जियारेथ शेखले उत्कृष्ट खेल प्रर्दशन गरे । उनले जिग्मे नामगेल र गुगेन दोर्जीको प्रहार रोकेका थिए ।

खेलको दोस्रो हाफमा कुशल देउवालाई सब्स्टिच्युट गरेपछि कप्तानीको जिम्मा पाएको शेखले दुई गोल रोकेन मात्र गोल पनि गरे ।
निर्धारित समयमा १–१ को बराबरीमा खेल सकिए पछि खेल ट्राइबेक्ररमा धकेलिएको थियो ।

खेलको ५७ औ मिनेटका जेत्सुएनले गोल गर्दे भुटानलाई अग्रता दिलाएका थिए । उनले फस्टबार च्यापदै हानेको बल गोलमा परिणत भएको थियो ।

नेपालका लागि भने निराजन धामीले ७७ औ मिनेटमा गोल गर्दे बराबरी बनाएका थिए । उनले हेडमार्फत गोल गरेका थिए ।अब भोलि भारत र बंगलादेशबीचको सोमबार हुने खेलको विजेता संग नेपालले उपाधीको लागि बुधबार भिड्ने छ ।