दोरम्बा पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो, अन्यको खोजी हुँदै

-


     नयाँ लिपि    
     भाद्र ९ गते २०८१ मा प्रकाशित


रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

आज विहानै दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा बस्ती माथिबाट आएको पहिरोमा परि बेपत्ता भएका ११ जनामध्ये ६ जनाको शव फेला परेको हो भने एक जनाको जिवितै उद्धार गरिएको छ । 

पहिरोमा परि बेपत्ता भएका स्थानीय अन्दाजी ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दिप पहरी, ११ वर्षीय सन्तोष पहरी, १४ वर्षीय विज्ञान पहरीको शव फेला परेको रामेछापका प्रहरी जनाएको छ ।

यसअघि पहिरोमा परेका ३२ वर्षीया चण्डिका थापा मगर र उनका १८ महिने छोरा आमुस मगरको शव फेला परेको थियो । यद्यपि ११ वर्षीया अञ्जना पहरीको भने घाइते अवस्थामा जीवितै उद्धार गरिएको छ ।