पाखुरीकोट प्रथम ‘६’ ए साइड फुटसल प्रतियोगिता हुने

-


     नयाँ लिपि    
     भाद्र ९ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा पाखुरीकोट प्रथम ६ ए साइड एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । पाखुरीकोट युवा परिवारको आयोजनामा हुन गई रहेको फुटसल प्रतियोगिता भदौ १३ र १४ गते हुने प्रतियोगिता संयोजक रन्जन गुरुङले बताए ।

“युवा एकता र स्वास्थ्यको लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना हुन गईरहेको एमेचर फुटसल प्रतियोगिता सम्पन्न गर्न अनुमानित ४ लाख खर्च लाग्ने संयोजक गुरुङले बताए ।

प्रतियोगिताको विजेताले ७० हजार नगद ट्रफी,मेडल,प्रमाणपत्र र उपविजेताले ४० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको प्रमुख प्रायोजकमा हाल युके निवासी रनध्वज गुरुङ र उहाँको परिवार रहेको छ । त्यस्तै सह–प्रायोजकमा अमेरिकामा रहेको मोहनस् ट्याट्ु इन र बोलजंग/शक्तिजंग/सुमनजंग गुरुङ रहेको छ । त्यस्तै विजेता र उपविजेताको शिल्ड मेडलको प्रायोजकमा हाल हङकङ निवासी सन्तोष गुरुङ रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृट खेलाडी र सर्वोत्कृष्ट गोलकिपरलाई जनही २५/२५ सय नगद र ट्रफी प्रदान गरिने पाखुरीकोट युवा परिवारको सचिव मनि गुरुङले बताए ।

प्रतियोगितामा सहभागी हुने टीमले भदौ १२ गते साझ सम्म टीम दर्ता गराई सक्नु पर्ने छ भने टीम दर्ता शुल्क ५ हजार तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिता हस्पिटल चोकमा रहेको पैयुं फुटसल मैदानमा हुनेछ ।