पोखरामा स्कुल बस दुर्घटना : बसमा सवार सबै विधार्थी सकुसल, चालक घाइते 

-


     नयाँ लिपि    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको घारीपाटनमा आज (शुक्रबार) दिउसो तिन बजे स्कुल बस चालकले नियन्त्रण गुमाउदाँ दुर्घटना भएको छ ।

दुर्घटना भएको ग १ क ४६६१ नं. को बस नागढुङ्गा स्थित न्यु मोडेल सेकेन्डरी स्कुलको भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बताए अनुसार चालकले नियन्त्रण गुमाउन पुग्दा बस दुर्घटनामा परेको हो ।  

बस सडकबाट करिब ३ मिटर तल खसेको र उक्त बसले पार्किङ गरी राखेको  तिन वटा ट्याक्सीमा क्षति पुगेको छ ।

उक्त बसका चालक दल बहादुर गुरुङ सामान्य घाईते भएका छन । उनलाई उपचारको लागि पृथ्वीचोकमा  रहेको गण्डकी मेडिकल कलेज पठाएको र उनको अबस्था सामान्य रहेको रहेको प्रहरीले बताएको छ । बसमा सवार अन्य २० जना विद्यार्थीहरु सबै सकुसल रहेका छन ।