तनहुँ दुर्घटना अपडेट : १४ जनाको मृत्यु, घाइतेलाई लिन सेनाको हेलिकप्टर जाँदै

-


     नयाँ लिपि    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


तनहुँ । काठमाडौ जादै गरेको भारतीय पर्यटक सवार बस आज (शुक्रबार) मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको छ ।

बस तनहुँको आँबुखैरेनीनजिक ऐना पहरा भन्ने पृथ्वीरामार्गबाट मर्स्यादीमा खस्दा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । 

घाइतेलाई काठमाडौं लैजाने तयारी भइरहेको छ ।

मेडिकल टीमसहितको टोली एमआई १७ हेलिकोप्टरमार्फत दुर्घटनास्थलतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।