काठमाडौं जाँदै गरेको बस मर्स्याङ्दी नदीमा खस्यो

-


     नयाँ लिपि    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


तनहुँ । तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ ।  आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको तनहुँ प्रहरीले जानकारी दिए । 


पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको तनहुँका डीएसपी दीपककुमार रायले बताए ।  बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ ।