पोखरा टिभीको तीज गीतको ग्राण्ड फिनाले भाद्र १४ मा

-


     नयाँ लिपि    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा टेलिभिजन र कृषि विकास निर्देशनालय पोखराको संयुक्त आयोजनामा आयोजित सातौं कृषि तीज गीत प्रतियोगिताको ग्राण्ड फिनाले भदौ १४ गते पोखरामा हुने भएको छ ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट कृषि ज्ञानकेन्द्रले पठाएको जिल्लाको उत्कृष्ट टिमहरु बिच पोखरा उद्योग बाणिज्य संघको सभाहलमा ग्राण्ड फिनाले हुने आयोजकले जनाएको छ ।

प्रदेश स्तरीय प्रतियोगितामा प्रथम हुने जिल्लाले नगद ३५ हजार साथमा प्रमाण पत्र र द्धितिय हुने जिल्लाले २० हजार नगद र प्रमाण पत्र तृतिय हुनेले १० हजार र सान्तवना हुने जिल्लाले नगद पाँच हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक घनश्याम पाण्डेले बताए ।

कृषि क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूलाई गीत मार्फत प्रचार प्रसारमा योगदान पु¥याउन प्रतियोगिताको आयोजना गरिएको आयोजकको दावी रहेको छ ।

प्रतियोगिताले कृषिको महत्व र यसको विविध पक्षहरूको बारेमा जनमानसलाई थप जानकारी दिन मद्दत पुग्ने विश्वास गरिएको छ ।

किसानहरूको सफलतासँग सम्बन्धित प्रतियोगिताले अन्य किसानहरूलाई प्रेरित गर्छ भने यसले नयाँ विधिहरू अपनाउन र कृषि उत्पादनमा सुधार ल्याउन उत्प्रेरित गर्ने कृषि विकास निर्देशनालयका महानिर्देशक बासुदेव रेग्मीले बताए ।

उक्त कार्यक्रमको पोखरा टेलिभिजन र टेलिभिजनको फेसबुक पेज लगायतबाट प्रत्यक्ष प्रसारण गरिने कार्यक्रम पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले जानकारी दिएको छ ।

अहिले जिल्ला जिल्लामा टिम छनोट भइरहेको कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माले जानकारी दिए । गत वर्षको ग्राण्ड फिनालेमा म्याग्दी प्रथम, तनहुँ द्धितिय र कास्कीले तृतिय स्थान हासिल गरेका थिए ।