पोखरा १२ को डेगुं परिक्षण एंवम सचेतना कार्यक्रम सम्पन्न

-


     नयाँ लिपि    
     भाद्र ७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका वडा नं. १२,लायन्स क्लब अफ पोखरा आदर्श चौतारी र लियो क्लब अफ पोखरा आदर्श चौतारीको सयुक्त आयोजनामा निःशुल्क डेगुं रोग परिक्षण तथा जनचेतना कार्यक्रम आज(शुक्रबार) सम्पन्न भएको छ ।

पोखरा १२ कार्यालयको सभा हलमा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले जनचेतना नै डेगुं रोगको मुख्य उपचार भएकोले घर परिवार र समाज नै सचेत हुन आग्रह गरे ।

क्लबका अध्यक्ष सुर्य प्रसाद पोखरेलको अध्यक्षता भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्टृक्ट ३२५ आइ नेपालका डिष्टृक्ट गभर्नर बिनोद ढुंगाना , स्वास्थ्य कार्यलयका प्रमुख रामबहादुर नेपाली लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम पुर्व स्थानीय आमा समूह , टोल विकास सस्थाका प्रतिनिधि , स्वास्थ स्वयम् सेविका , सामुदायिक सेवा केन्द्र माटेपानी , क्लब र लियो क्लब हरुको उपस्थितमा जनचेतना स्वरुप प्रभातफेरि गरिनुका साथै शकास्पद लागेका करिब बीस जनाको रक्त परिक्षण समेत गरिएको थियो ।

जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सहजीकरण गरेको कार्यक्रमको स्वागत द्धितिय उपाध्यक्ष भगवान श्रेष्ठ , धन्यवाद निर्वतमान अध्यक्ष दामोदर आचार्य र सन्चालन वडा सचिब शारदा सापकोटाले गरेकी थिइन ।