लागु औषधी बिक्री गर्ने र खरिद गर्ने दुवै प्रकाउ परे

-


     नयाँ लिपि    
     भाद्र ६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा बुधबार लागु औषधी बिक्री गर्ने र खरिद गर्ने दुबैलाई प्रहरीले प्रकाउ गरेको छ ।

धादिङ घर भएका २७ वर्षिय विजय पोख्रेललाई पोखरा नयाँ बजारमा प्रहरीले शंकास्पद अवस्थामा देखे पछि खनतलासी गर्दा उनले बोकेको झोलामा लागु औषधी ट्यापेन्डोल १ सय २० चक्की फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई प्रहरीले सोधपुछ गर्दा नयाँबजारमा रहेको बिभुती फार्मेसीबाट खरिद गरेको खुल्न आए पछि प्रहरीले उक्त फार्मेसीमा खनतलासी गर्दा ट्यापेन्डोल ९० चक्की फेला परेकोले फार्मेसी संचालक ४८ वर्षिय केदार अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

व्यवसायी अधिकारीलाई ९ दिन र बिजय पोख्रेललाई १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।