पोखरा १२ मा निःशुल्क डेंगु परिक्षण हुदै

- वडाबासीलाई मौकाको फाइदा लिन अध्यक्षको आग्रह

-


     नयाँ लिपि    
     भाद्र ५ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका वडा नं.१२ को आयोजनामा शुक्रबार निःशुल्क डेंगु परिक्षण एवं सचेतना कार्यक्रम हुने भएको छ ।

पछिल्लो समय कास्की लगायत छिमेकी जिल्लामा बढ्दै गएको डेंगुका कारण मानिसमा संकमण भई ज्यान समेत गएकोले पोखरा १२ ले वडावासीलाई निःशुल्क डेंगु परिक्षण एंव सचेतनाको कार्यक्रम गर्न लागेका वडा अध्यक्ष सन्तोष बास्तोलाले बताए ।

शुक्रबार बिहान ७ बजे पोखरा महानगरपालिका वडा नं.१२ को कार्यालयबाट प्रभात फेरि सुरु गर्ने र प्रभात फेरि सकेर निःशुल्क डेंगु परिक्षण गर्ने पोखरा १२ का वडा सदस्य शान्ति देवी कोइरालाले बताईन ।

उक्त कार्यक्रममा सह–आयोजकको रुपमा लायन्स क्लब अफ आर्दश चौतारी रहेको छ भने प्राविधिक सहयोग जिरो किलोमिटरमा रहेको रिजनल हस्पिटल र न्यूरोडमा रहेको कास्की मोडेल हस्पिटलको रहने अर्का वडा सदस्य गोमा देवि परियारले बताईन ।

पोखरामा डेंगुका कारण गएको शनिबार फिस्टेल अस्पताल गैह्रपाटनमा ५२ वर्षिया एक महिलाको मृत्यु भएको थियो । त्यस्तै तनहँुमा २ जना मृत्यु भएको थियो ।

कास्कीको छिमेकी जिल्ला तनहँुमा गएको शुक्रबार सम्म एक हजार ८२ जनामा डेंगु संक्रमण देखिएको थियो ।

कसैलाई डेंगु नलागोस,डेंगु लागे पनि बेलैमा सचेत भए निर्मुल पार्न सकिन्छ भन्ने हेतुले पोखरा १२ मा निःशुल्क डेंगु परिक्षण एंव सचेतना कार्यक्रम गर्न लागेको अध्यक्ष बास्तोलाले बताए । ‘प्राइभेटमा डेंगु परिक्षण गरेको एक हजार देखि १५ सय तिर्नुपर्छ।, ‘हामी उक्त दिन वडाबासीलाई निःशुल्क डेंगु परिक्षण गर्देछौ ।’ उनले भने