क्याटवाकको वार्षिकोत्सवमा नि:शुल्क आँखा जाँच

-


     नयाँ लिपि    
     भाद्र ४ गते २०८१ मा प्रकाशित


पोखरा । क्लब क्याटवाकले आफ्नो दोस्रो वार्षिकोत्सवमा नि:शुल्क आँखा परिक्षण एंव रक्तदान लगायतका कार्यक्रम गरि मनाएको छ ।

क्लबले सामाजिक उत्तरदायित्व बहन गर्दै सञ्चालनको दोस्रो वर्ष पुरा गरेको अवसरमा निशुल्कआँखा शिविर तथा रक्तदान लगाएतका कार्य गरेको हो ।

पोखरा ६ लेकसाइडमा गरिएको निशुल्क आँखा परिक्षणबाट १ सय २१ जनाले स्वास्थ्य लाभ लिएका र रक्तदान कार्यक्रमबाट ६९ युनिट रगत संकलन भएको क्लब क्याटवाकका सञ्चालक गुप्त लामाले जानकारी दिए ।

क्लबले यस विद्याश्रममा खाद्यान्न वितरण, सरकारी विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पोसाक, झोला तथा स्टेशनरी वितरण, भुकम्प पिडीतलाई आर्थिक सहयोगलगाएतको कार्यहरु गर्दे आईरहेको क्लबका अर्का सञ्चालक अमृत पहारीले बताए ।

सञ्चालनदेखि नै क्लब क्याटवाक युवा पुस्ताको रोजाईमा परिरहेको छ । क्लबले दोस्रो वार्षिकोत्सवकै अवसरमा कन्दरा ब्याण्डको विशेष सांगितिक कार्यक्रम समेत गरेको थियो । जसमा ३ हजार बढी दर्शक कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठको गीतमा रमाएका क्लबले जनाएको छ ।