युरो,पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य बढ्यो

-


     नयाँ लिपि    
     भाद्र ३ गते २०८१ मा प्रकाशित


नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अरु धेरै विदेशी मुद्राको मूल्य बढेको छ भने बहराइन दिनारको मूल्य भने थोरे घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो र अस्ती पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४७ रुपैयाँ २८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९४ पैसा थियो। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७४ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८९ रुपैयाँ २४ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४० रुपैयाँ ७७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४४० रुपैयाँ १० पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५२ र बिक्रीदर ३५७ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ५३ र बिक्रीदर ३५७ रुपैयाँ १३ पैसा थियो । 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची