पोखराबाट अन्तराष्ट्रिय उडान भर्ने सरकारको निर्णयले व्यवसायी उत्साहित

-


     सुरज श्रेष्ठ    
     भाद्र २ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराबाट अन्तराष्ट्रिय उडान भर्ने बारे मन्त्रिपरिषदको बैठकले गरेको निर्णयले पोखराका पर्यटन व्यवसायी उत्साहित बनेको छन ।

पोखरा पर्यटन परिषदले आज (आइतबार) पत्रकार सम्मेलनमा सरकारले गरेको निर्णयलाई स्वागत गर्दे कार्यान्वयन हुनेमा आशावादी रहेको कुरा बताएका छन ।

पोखराबाट भर्ने उडानमा भ्याट छुट,हवाई इन्धनमा छुट लगायतका विभिन्न छुटका स्किम राखेकोले पोखरा अन्तराष्ट्रिय एअरपोर्ट बिजी हुने कुरामा ढुक्क रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले बताए ।

सरकारले निर्णय गरेको विभिन्न स्किमहरु कार्यान्यन भए अन्तराष्ट्रिय उडानका लागि धेरै हवाई कम्पनीहरु पोखरा आउने पर्यटन व्यवसायीहरुको बुझाई छ ।

पर्यटन व्यवसायीहरुले दुई वर्ष देखि प्रधानमन्त्री,मन्त्री र तालुक मन्त्रालयमा बारम्बार दिएको दबाबले मन्त्रीपरिषदले पोखरा–भैरहवा उडानको लागि विभिन्न स्किमका साथ अन्तराष्ट्रिय उडानका लागि मन्त्री परिषद बाटै निर्णय गरेको छ । सो निर्णय कार्यान्यन हुनेमा पर्यटन व्यवसायी विश्वस्त रहेको श्रेष्ठले बताए ।

पोखरा–भैरहवाबाट उडान भर्ने कम्पनीहरुलाई सरकारले भ्याट छुट,इन्धनमा छुट,ल्याडिङ,पार्किङ सेवामा छुट,विदेशी पर्यटकलाई सिधै पोखरा ल्याड गरे विभिन्न छुटका कुराहरु छन । काठमाडौ विमान स्थलमा उडान गर्दे आएका विमान कम्पनीलाई हप्तामा एउटा उडान गर्न पर्ने लगायतका कुराले पोखराबाट अन्तराष्ट्रिय उडान हुनेमा ढुक्क रहेको श्रेष्ठले बताए ।
नेपाल सरकारको मन्त्रीपरिषदको निर्णयमा उत्साहित भएको पर्यटन व्यवसायी लिखित रुपमा रुपमा पत्र थम्माई दिएको भए अझ बढि विश्वस्त हुने श्रेष्ठले बताए ।

पोखरामा आइतबार सम्पन्न भएको पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले पृथ्वी राजमार्गको सडक ढिला सुस्तीमा आफुहरुले तनहुँमा पत्रकार सम्मेलन गरी दबाब दिए पश्चात त्यहाँका कार्य रफतारमा भएको र हाल ८० प्रतिशत कार्य सम्पन्न भई सकेको सुनाए ।

खेलकुद मार्फत पर्यटन प्रव्रद्धनमा पोखरा पर्यटन परिषद लागि रहेको र पोखराको पर्यटन प्रवद्धनका आफु अध्यक्ष रहदाँ गरेका फेहरिस्ता समेत उक्त कार्यक्रममा प्रस्तुत गरेका थिए ।