पोखरा । सिटिवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता गर्ने भएको छ ।
“तीजको वेला सिटीवानको सास्कृतीक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” नाममा टेलिभिजनले तीजका सास्कृतीक पक्षहरुको संरक्षण गर्ने उद्धेश्यले मेला आयोजना टेलिभिजनले जनाएको हो ।
टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोकका कारण नेपालीहरुका कतिपय संस्कृतीहरु लोप हुन लागेको भन्दै सवैको संस्कृती संरक्षणमा टेलिभिजन लाग्ने धारणा राख्नुभयो । पहिलो र दोस्रो सस्करणको अपार सफलता पछि यही भाद्र १५ र १६ गते विहान ९ः०० वजे देखी तेस्रो सस्करणको प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा विशुद्ध नेपाली तीज प्रचलनका गीत र परिवेशलाई मान्यता दिदै तीजलाई तीज जसरि नै मनाउनका लागि मेला
आयोजना गरिएको प्रवन्ध निर्देशक श्रेष्ठले बताईन ।
करिव ६० समुहको सहमागिता रहने अनुमान गरिएको सो प्रतियोगीतामा विपत् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्बदन, सरसफाइ, बैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागु पदार्थ दुब्र्यसनी जस्ता सामाजिक बिषयलाइ प्राथमिकतामा राखेर आयोजना गरिने भएको छ ।
भदौको १५ र १६ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुने कार्यक्रमा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, शान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभुसा ५ हजार, उत्कृष्ट शव्द ५ हजार रहेको छ ।
टेलिभिजनका अध्यक्ष पवन प्रजापतीले पछिल्लो समयमा तीज सस्कृतीको लोप हुन लागेकोले मेला आयोजना गर्न लागेको लागेकोले बताए ।
मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेवल कार्यक्रम संचालन गर्ने मेला संयोजक चिनु गुरङ्ले जानकारी दिईन ।
कार्यक्रम सम्पन्न गर्न करिव १२ लाख खर्च हुने छ भने सहभागी समुहलाई निशुल्क टिम दर्ताको आव्हान पनि गरिएको छ ।
गत वर्ष भन्दा यस वर्ष स्कुल स्तरमा तीज संस्कृती वारेमा जानकारी दिन विशेष गरि स्कुले विद्यार्थीका समुहलाई पनि समावेश गर्ने योजना अनुसार काम भईरहेको कार्यकमका सह-संयाेजक सरला त्रिपाठीले बताईन ।