पिन पोखराको अध्यक्षमा : खतिवडा

-


     नयाँ लिपि    
     भाद्र २ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल  औषधिगत बिक्री प्रबन्धक संगठन (पिन) पोखराको पाँचौ इकाई  अधिबेशनले निरोज खतिवडालाई अध्यक्षमा चयन गरेको छ ।

शनिबार सम्पन्न भएको अधिवेशनले अध्यक्ष सहित सबै कार्यसमिति सर्वसहमत चयन गरेको हो । समितिको उपाध्यक्षमा शेषकान्त ढुंगाना,सचिब हिमाल पौडेल, सह-सचिब राजन बाबू ढुंगाना र कोषाध्यक्षमा विनय श्रेष्ठ, सह-कोषाध्यक्षमा उत्तम सुबेदी चयन भएका छन ।  

यस्तै सदस्यहरुमा महेश सुवेदी, दिपेश शाही, टिकाराम कार्की, रोहन राज श्रेष्ठ, रेशम बिष्ट चयन भए ।

कार्यक्रममा अतिथिका रुपमा एन एम ए कास्कीका  उपाध्यक्ष  डा. कृष्ण चन्द्र रिजाल , पिन सेन्टरका अध्यक्ष गान्धी प्रसाद शर्मा , एन.एम.एस.आर.ए केन्द्रका महासचिव निरज पन्त एन.एम.एस.आर.ए पोखरा इकाई अध्यक्ष गोपाल बस्नेत साथै  नारायणगढ र लुम्बिनी इकाई प्रतिनिधिहरुको समेत उपस्तिथि  थियो ।

कार्यक्रममा निबर्तमान अध्यक्ष सन्तोष श्रेष्ठले सम्पूर्ण अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।

यसैबीच अधिबेशन लगत्तै कार्यसमितिको पहिलो बैठकले पुर्व अध्यक्षहरु प्रमोद ढकाललाई र दशरथ पाण्डेलाई सल्लाहकारमा नियुक्त गरेको छ। त्यस्तै मनोनित सदस्यमा सदिक्षा अर्याललाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष खतिवडाले सर्वसहमत समिति गठन गर्न पहल गर्ने सबैलाई धन्यवाद दिदै ससक्त रुपमा औषधि र बिक्री बितरण , प्रबर्द्धन सम्बन्धि समस्याहरुको समाधानको निम्ति लाग्ने प्रतिबद्द्ता जनाएका छन ।