नेपाल मोबाईल व्यवसायीको वृक्षरोपण कार्यक्रम सम्पन्न

-


     नयाँ लिपि    
     भाद्र १ गते २०८१ मा प्रकाशित


पोखरा । नेपाल मोबाईल महासंघ गण्डकी प्रदेश र नेपाल मोवाईल महासंघ कास्कीको सयुक्त आयोजनामा पोखरा १९ मा शनिबार वृक्षरोपण कार्यक्रम गरेको छ ।

वातावरण हराभरा बनाउने उद्धेश्यले पोखरा महानगरपालिका १९ पुरुनचौर चुरुगां सिमलटारीमा शनिबार नेवारा, एवोकाडो,राई खनिया,हंरौ,अमला लगायतका विरुवा रोपेको नेपाल मोबाईल महासंघका केन्द्रिय उपाध्यक्ष उदय केसी (लाहुरेदाई) ले जानकारी दिए ।

उक्त वृक्षरोपण कार्यक्रममा नेपाल मोबाईल महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष देव नारायण श्रेष्ठ,उपाध्यक्ष बिष्णु नारायण श्रेष्ठ,महासचिव नारायण सुवेदी, नेपाल मोबाईल महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटीका सदस्य लगायत २० जनाको उपस्थिीति रहेको थियो ।

‘नेपाल मोबाईल महासंघले व्यवसाय संगसंगै सामाजिक कार्यमा पनि साथ दिदै आएको छ ।’ पछिल्लो समय विश्वमा बढ्दो जलवायु परिर्तनको कारण हामीले वृक्षरोपण कार्यक्रम गरेका हौ ।’ केसीले भने ।

वृक्षरोपण गरेको स्थानमा केहि समय अघि पहिरो गएको र पहिरोमा परि एकै परिवारको ७ जनाको मृत्यु भएको कारण पनि उक्त ठाउँमा वृक्षरोपण गरेको केसीले बताए ।