मैत्रीपुर्ण फुटबलमा पत्रकारको टोली विजयी

-


     नयाँ लिपि    
     भाद्र १ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा रंगशालामा आज (शनिबार) सम्पन्न भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकारको टोली विजयी भएको छ । पत्रकारको टोलीले खेलकुद विकास मन्चलाई ५–३ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको सुरुवातमै पत्रकार टोलीका डिफेन्डर योगेन्द्र श्रेष्ठले बल क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा बल छिरेको थियो ।१–० गोलले पछि परेको पत्रकार टोलीले उत्कृष्ट पुनरागमन गर्दै ५–३ को जित हासिल गर्न सफल भएको हो ।

पत्रकार टोलीको जितमा निकोलस गुरुङले ह्याट्रिक गरे भने शिवजंग क्षेत्री र साजन गुरुङले समान १–१ गोल गरे ।

मन्चका लागि बिक्रम थापा र अनुकार मगरले समान १/१ गोल गरे । १ गोल भने पत्रकार टोलीका योगेन्द्र श्रेष्ठले आफ्नै पोष्टमा गोल गरेर उपहार दिएका थिए ।

मैत्रीपुर्ण खेलमा सर्वोत्कृष्ट खेलाडी खेलकुद विकास मञ्चका कप्तान व्रिकम थापा घोषित भए । उदीयमान खेलाडी पनि मञ्चकै राजु पुलामी मगर बने ।

उत्कृष्ट गोलकिपर पत्रकार टोलीका प्रकाश अधिकारी, उत्कृष्ट डिफेन्डर प्रवेश पोखरेल र उच्चगोल कर्ता निकोलस गुरुङ भए ।

कार्यक्रमका प्रमुख अतिथी सिमाना दिदि बहिनी समुहकी अध्यक्ष रेनुका गौतमले युवालाई खेलकुदमा व्यस्त बनाउन सके गलत कृयाक्लापमा लाग्न बाट जोगाउन सकिने बताईन ।

प्रतियोगितामा राईजिङ युवा क्लबका अध्यक्ष कुर्सिङ मगर सनराईज युथ सोसाईटीका सल्लाहकार सन्तोष थापा मगर, समाजसेवी सृजना थापा, रेनुका गौतम लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रम संचालन अस्मिता शाही ठकुरी र प्रदिप रिजालले गरेका थिए ।

समग्र खेलकुदको विकास गर्ने उद्देश्यले २०७९ सालमा युवाहरु मिलेर खेलकुद विकास मञ्च गठन गरेका थिए ।