सीप परिक्षण उतिर्ण पश्चात सही सदुपयोगको खाँचो : मन्त्री थापा

-


     नयाँ लिपि    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् । उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे ।

“सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक छ।”, उनले भने । मन्त्री थापाले काम सानो नहुने र सीपसँगै प्राप्त भएको सर्टिफिकेटको महत्व ठूलो भएको उल्लेख गरे । उनले नागरिकलाई दक्ष बनाउन प्रदेश सरकारले समयानुसार सीपममुलक कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताए ।

नागरिकले चाहेनुसारको रोजगार उपलब्ध गराउन र स्वरोजगारमुखी वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध भएको भनाई उनको छ ।
मन्त्रालयको उपसचिव तोयानाथ लम्सालले सीपमुुलक कार्यक्रमका लागि स्थानीय तहले ६० लाख, संघीय सशर्तबाट २५ लाख, प्रदेशबाट १६ लाख विनियोजन भएको जानकारी गराए ।

सिटीईभिटी गण्डकी प्रदेशका निर्देशक कल्प बस्नेतले परीक्षार्थीले प्राप्त गरेको सर्टिफिकेटको उपयोग सही हुने विश्वास लिएका छन् । कार्यक्रममा ६८ जना परीक्षार्थीलाई प्रमाण पत्र उपलब्ध गराइएको थियो ।