रुम नं. ३०३ मा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

-


     नयाँ लिपि    
     श्रावण २९ गते २०८१ मा प्रकाशित


सुनसरी । धरान उपमहानगरपालिका ८ भोटेपुलस्थित कंचनजंघा होटल एण्ड लजको ३०३ नम्बरको कोठामा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका सोही उपमहानगरपालिका १६ बस्ने ४९ वर्षीया प्रमिला योङदेन समेत ८ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८६ हजार १० रूपैयाँ, १५ थान कौडा र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।