बुवाको हत्या गरेका अभियोगमा छोरा प्रकाउ

-


     नयाँ लिपि    
     श्रावण २९ गते २०८१ मा प्रकाशित


सिन्धुली । आफ्नै बुवा ६० वर्षीय लाल बहादुर घिमिरे विकको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका ७ पन्थचौरी लामपात बस्ने २१ वर्षीय अमृत घिमिरे विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

अमृतले आफ्नो बुवा लाल बहादुरलाई सुतेको अवस्थामा बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी क्यानेश्वर र इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले अमृतलाई बन्चरोसहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।