शितलादेवी टोल विकास संस्थाको अध्यक्षमा ः श्रेष्ठ

-


     नयाँ लिपि    
     श्रावण २७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा १२ शितलादेवी टोल विकास संस्थाको अध्यक्षमा शुसिला श्रेष्ठ सर्वसम्मत चयन भएकी छिन ।

शितलादेवीमा रहेको हिटीको पार्कमा सम्पन्न भएकोसंस्थाको २० औ साधारण सभा तथा आठौ अधिवेशनबाट १५ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

संस्थाको उपाध्यक्षमा प्रदिप घिमिरे,सचिव दिपेन्द्र श्रेष्ठ,कोषाध्यक्षमा इन्द्रकुमारी गुरुङ चयन भएका छन ।

त्यस्तै सदस्यहरुमा ओम गुरुङ,रेशम बहादुर कार्की,इन्दिरा कोइराला,धनविर गुरुङ,जुम बहादुर गुरुङ,दुर्गा श्रेष्ठ,टीका कोइराला,राजकुमारी गुरुङ र लाल कुमारी गुरुङ रहेका छन । मनोनित सदस्यमा देवीकला अधिकारी र सुमन कोइराला रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि डा.अनिल सुवेदीले टोलमा असल कार्य गर्नेलाई मापदण्ड बनाएर पुरस्कृत गर्ने परिपाठीको विकास गरे आफुले सहयोग गर्ने बताएका छन । उनले टोलमा फुल,निम लगायतका बिरुवा रोपी टोल हराभरा बनाउन टोलबासीलाई आग्रह समेत गरेका छन ।

सोही कार्यक्रममा टोलका जेष्ठ नागरिक ८८ वर्षिय पदम बहादुर गुरुङ,८४ वर्षिया कृष्ण कुमारी कार्की,दुध कुमारी गुरुङ र ८३ वर्षिय शेर बहादुर गुरुङलाई सम्मान गरेको थियो ।

त्यस्तै टोल विकासमा योगदान दिने किशोर बैध र हरिकुमार राजभण्डारीलाई पनि सम्मान गरेको सचिव प्रदिप घिमिरे बताए ।

संस्थाका अध्यक्ष लोक बहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा शितलज्योति युवा क्लबका अध्यक्ष नर प्रसाद गुरुङ,शितलदेवी माविका प्र.बाबुराम अधिकारी,सामुदायिक सेवा केन्द्र माटेपानीका अध्यक्ष धर्मराज आचार्य,पोखरा महानगरपालिका वडा नं.१२ का वडा सदस्य गोविन्द सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुशिला श्रेष्ठ र कार्यक्रम संचालन सचिव प्रदिप घिमिरेले गरेको थियो । हाल पोखरा १२ मा रहेको शितलदेवी टोल विकास संस्थामा १ सय १४ घर धुरि रहेको सचिव प्रदिप घिमिरेले बताए ।