‘६’ए साइडको उपाधी कसेरी भेट्रानलाई

-


     नयाँ लिपि    
     श्रावण २६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा १३ मा रहेको खेल कुञ्ज एरिनामा शनिबार सम्पन्न भएको प्रथम ‘६’ ए साइड भेट्रान फुटसल प्रतियोगिताको उपाधी कसेरी भेट्रानले उचालेको छ ।

सडेन डेथमा १०–११ भेट्रान ‘ए’ लाई ३–२ ले पराजित गर्दे उपाधि हात पारेको हो । कसेरीको जितमा बिन गुरुङ,अन्तिम गुरुङ र गम्भिर परियारले गोलले गरे । नबिन गुरुङको बललाई माटेपानी भेट्रानका गोलकिपर पूर्ण गुरुङले रोकेका थिए ।

त्यस्तै १०–११ भेट्रान ए का तर्फबाट कुल गुरुङ र अमित परियारले मात्र गोल गरे । क्याप्टेन सन्दिप गुरुङले प्रहार गरेको पेनाल्टी पोस्ट भन्दा बाहिरबाट बाहिरियो भने पित्र गुरुङको बल कसेरीका गोल किपर बुद्धि तमाङले रोकेका थिए ।

प्रतियोगिताको विजेता टोलीले ६० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता १०–११ भेट्रान ए ले ३० हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रमा चित्त बुझाउन पर्यो ।

बेष्ट गोलकिपरको ट्रफि ग्रहण गर्दे कसेरी एफसीका बुद्धि तमाङ

फाइनल खेलको म्यान अफ दि म्याच १०–११ भेट्रान ए का अमित परियार बने । प्रतियोगिताको उत्कृष्ट खेलाडी १०–११ भेट्रान ए का पूर्ण बहादुर गुरुङ र उत्कृष्ट गोलकिपर कसेरी एफसीका बुद्धि तमाङ घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफल १०-११ भेटान ए का पूर्ण बहादुर गुरुङ

उनीहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश फुटबल संघका वरिष्ट उपाध्यक्ष मिलन गुरुङ,नेपाल एथ्लेटिक संघका केन्द्रिय उपाध्यक्ष गज बहादुर गुरुङ,कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नर जंग गुरुङ,समाजसेवि अमर तमाङ,शिव भण्डारी,सूर्य गुरुङ,प्रतियोगिता संयोजक सन्दिप गुरुङ(डजे),दिल बहादुर गुरुङ (ठागु) लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा १८ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको प्रत्यक्ष प्रसारणको प्रायोजन पोखरा १० बुद्धचोकका अमेरिका निवासी निरन गुरुङले गरेको थिए । तस्विर ः सिद्धार्थ गौतम