पोखरामा फुटसल प्रतियोगिता सुरु, पहिलो दिन १३ खेल सम्पन्न

-


     नयाँ लिपि    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


पोखरा। पोखराको खेल कुञ्ज एरिनामा आज देखि प्रथम ‘६’ ए साइड फुटसल प्रतियोगिता सुरु भएको छ। पहिलो दिन १३ खेल सम्पन्न भएको प्रतियोगिता संयोजक सन्दिप गुरुङले बताए ।

आज भएको पहिलो उद्धघाटन खेलमा कसेरी भेट्रान विजयी भएको छ। कसेरीले १०–११’बि’ भेट्रानलाई १–०ले पराजित गरेको हो ।

दोस्रो खेलमा सिसिवाई काठमाडौ विजयी भएको छ । सिसिवाईलो एलजी एशोसियसन बि लाई ३–१ ले पराजित गरको हो ।

तेस्रो खेलमा एक्टििभ स्कार्ड विजयी भएको छ । एक्टिभ स्कार्डले एलजी एशोसियसनलाई २–० ले पराजित गरेको हो ।

चोथौ खेलमा कालिज एफसी विजयी भएको छ । कालिज एफसीले लेकसाईड एफसीलाई २–१ ले पराजित गरको हो ।

पाचौ खेलमा गार्डेन एफसी विजयी भएको छ । गार्डेन एफसीले माजोर एफसीलाई २–१ ले पराजित गरेको हो ।

छैठौ खेलमा टुटल एफसी विजयी भएको छ । टुटल एफसीले भाईबे्रन्ट एफसीलाई २–० पराजित गरेको हो ।

सातौ खेलमा चिन एफसी विजयी भएको छ । चिन एफसीले न्युएअरपोर्टलाई ३–१ ले पराजित गरेको हो ।

आठौ खेलमा १०–११ माटेपानी ए विजयी भएको छ । १०–११ माटेपानी ए ले सबिन मेमोरियललाई ४–१ ले पराजित गरेको हो ।

नवौ खेलमा एलजी एशोसियसन विजयी भएको छ । एलजी एशोसियसनले शितलज्योति युवा क्लबलाई ३–१ ले पराजित गरेको हो ।

त्यस्तै आज नै भएको क्वाटर फाइनलको खेलमा कसेरी विजयी भएको छ । कसेरीले गार्डेन एफसीलाई १–० गोलले पराजित गरेको हो ।

क्वाटर फाइनलको दोस्रो खेलमा १०–११ माटेपानी भेट्रान ए विजयी भएको छ । १०–११ माटेपानी भेट्रान ए ले कालिज एफसीलाई २–० ले पराजित गरेको हो ।

क्वाटर फाइनलको तेस्रो खेलमा एलजी एशोशियसन विजयी भएको छ । एलजी एशोशियसनले टुटल एफसीलाई ३–० ले पराजित गरको हो ।

क्वाटर फाइनलको चोथौ खेलमा चिन फुटसल विजयी भएको छ । चिन फुटसलले ट्राइब्रेकरमा काइट फुटसललाई १–० ले पराजित गरको हो ।

प्रतियोगितामा प्रथम हुनेले ६० हजार र द्धितिय हुनेले ३० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रथम पुरस्कार प्रायोजक नसिब गुरुङ,रिडिङ बर्दस युके र द्धितिय पुरस्कारको प्रायोजक अष्ट्रेलियामा रहेको सन्तोष गुरुङले गरेको हो ।

त्यस्तै खेल मैदानमा लाग्ने खर्च अष्ट्रेलियामा रहेको गौतम गुरुङ,रेफ्रीलाई लाग्ने खर्च कबिन्द्र गुरुङ र सम्पूर्ण ट्रफी,मेडल र प्रमाणपत्रमा लाग्ने खर्च हङकङमा रहेको राजु गुरुङ(सुपरे)को सहयोग रहेको संयोजक गुरुङले जनाए ।