टानका प्रतिनिधि भुटान ‘फाम ट्रिप’ सकेर फर्किए

-


     नयाँ लिपि    
     श्रावण २५ गते २०८१ मा प्रकाशित


पोखरा । ट्रेकिङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकीको टोली ४ रात ५ दिनको भुटान ‘फाम ट्रिप’ सकेर आज पोखरा फर्केका छन । उक्त कुरा टानले आज प्रेस रिपोर्ट मार्फत जानकारी दिएको हो ।

टान गण्डकीको आयोजनामा सम्पन्न भएको कार्यक्रमकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोग रहेको टानका प्रथम उपाध्यक्ष श्रीप्रसाद आचार्यले बताए ।

भुटान स्थित एमेन भुटान टुर्स एण्ड ट्रेक्स प्रालिले होस्ट गरेको कार्यक्रममा गण्डकीमा आवद्ध भुटान टुर बिक्री गर्ने कम्पनीका संचालकहरु सहितको १५ जना प्रतिनिधिहरु भुटान पुगेका थिए ।

उक्त परिचयात्मक भ्रमणमा पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठ , टान गण्डकीका कार्यसमिति सदस्यहरु तथा टान गण्डकीमा आवद्ध ट्रेकिङ कम्पनीका संचालकहरुको सहभागीता रहेको थियो ।

भुटान भ्रमणको क्रममा भुटानको पर्यटन मन्त्री दीनानाथ दुङ्गेल, माननिय लाक्पा तामाङ तथा भुटान पर्यटन बिभागका निर्देशक डाम्योरिम्जीम सहितको उच्च स्तरीय व्यक्तित्वहरुसंग भेटवार्ता भएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले बताए ।

भुटानको हवाइमार्ग सोझै पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा जोड्न सके पोखरामा भुटानका आन्तरिक तथा बिदेशी पर्यटक बढ्ने अध्यक्ष श्रेष्ठले बताए ।


भुटानका परराष्ट्र मन्त्री दीनानाथ ढुङेगलले टान गण्डकीसंग मिलेर पर्यटकीय क्षेत्रमा नेपालमा सहयोग पुयाउने बाचा गरेको बताएका छन । भुटानका परराष्ट्र मन्त्री दीनानाथ ढुङेगल पोखरा भ्रमणका लागी आउने वाचा गरेको टानका प्रथम उपाध्यक्ष श्रीप्रसाद आचार्यले बताए ।