नेपाल काभा वुमन्सको उपविजेतामा सिमित

-


     नयाँ लिपि    
     श्रावण २३ गते २०८१ मा प्रकाशित


काठमाडौ । काभा वुमन्स नेसन्स लिग २०२४ को आज भएको फाइनल खेलमा नेपाल उपविजेतामा चित्त बुझाउन पर्यो ।
भारतले २३–२५, २५–१४, २२–२५, २५–२१ र ५–१५ ले नेपाललाई हराउदै उपाधि जितेको हो।

शुरुवात राम्रो गरेको नेपालले त्यो अग्रता कायम राख्न सकेन ।

भारतले यसअघि २०१९ को दक्षिण एसियाली खेलकुद र २०२३ को काभा वुमन्स च्यालेन्ज कपको उपाधि जित्दा नेपाल नै फाइनलको प्रतिस्पर्धी रहेको थियो ।