‘६’ ए साइडको लाईभ मिडिया पार्टनर नयाँ लिपि

-


     नयाँ लिपि    
     श्रावण २३ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा १३ कुडँहरमा रहेको खेल कुञ्जमा साउन २५ गते देखि आयोजना हुन गईरहेको प्रथम ‘६’ ए साइड भेट्रान फुटबल प्रतियोगितामा लाईभ मिडिया पार्टनरका रुपमा नयाँ लिपि न्यूजलाई जिम्मेवारी दिएको प्रतियोगिता संयोजक सन्दिप गुरुङले बताए ।

नयाँ लिपि न्यूजले प्रतियोगिताको उद्धघाटन खेलको साथै सेमिफाइनल र फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने छ ।

पोखरा १३को खेल कुञ्जमा आयोजना हुन गई रहेको उक्त प्रतियोगितामा भाग लिन काठमाडौबाट पनि टिम आउने प्रतियोगिता संयोजक गुरुङले बताए ।

प्रतियोगितामा सहभागी हुने टिमले साउन २४ गते बिहिबार साँझ ५ बजे सम्म टीम दर्ता गराईसक्नु पर्नेछ । त्यस पछि आउने कुनै पनि टीमलाई प्रतियोगितामा सहभागी नगराउने आयोजकले जनाएको छ ।

‘स्वास्थ्य नै धन हो,खेलकुदको अभियान,स्थानीय खेलकुद प्रोत्साहन’ भन्ने नाराका साथ ३५ वर्ष माथि उमेर समूहका फुटबल खेलप्रेमीलाई लक्षित गरि फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको प्रथम ‘६’ ए साइड फुटबल प्रतियोगिता सफल बनाउन आयोजकले सबैलाई आग्रह गरेको छ । सेमिफाइनल सम्मको खेल १२–१२ मिनेट र सेमिफाइनल देखि १५–१५ मिनेटको हुने आयोजकले बताए।

प्रतियोगितामा प्रथम हुनेले ६० हजार र द्धितिय हुनेले ३० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रथम पुरस्कार प्रायोजक नसिब गुरुङ,रिडिङ बर्दस युके र द्धितिय पुरस्कारको प्रायोजक अष्ट्रेलियामा रहेको सन्तोष गुरुङले गरेको हो ।

त्यस्तै खेल मैदानमा लाग्ने खर्च अष्ट्रेलियामा रहेको गौतम गुरुङ,रेफ्रीलाई लाग्ने खर्च कबिन्द्र गुरुङ र सम्पूर्ण ट्रफी,मेडल र प्रमाणपत्रमा लाग्ने खर्च हङकङमा रहेको राजु गुरुङ(सुपरे)को सहयोग रहेको संयोजक गुरुङले जनाए ।