डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु

-


     नयाँ लिपि    
     श्रावण २३ गते २०८१ मा प्रकाशित


काठमाडौ । काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.७ सूर्यचौरमा दुर्घटना भएको छ ।

स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर प्राप्त हुनसाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । अन्य विवरण आउँन बाकी रहेको प्रहरीले जनाएको छ ।