काभा भलिबल : नेपाल फाईनलमा प्रवेश

-


     नयाँ लिपि    
     श्रावण २२ गते २०८१ मा प्रकाशित


काठमाडौ । नेपाल काभा महिला भलिबल लिगको फाईनलमा प्रवेश गरेको छ ।

काठमाडौको त्रिपुरेश्वरस्थित स्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा आज (मंगलबार) भएको सेमिफाईनल खेलमा ईरानलाई ३-० को सोझो सेटमा हराउदै नेपाल फाईनलमा प्रवेश गरेको हो । त्यस्तै आज(मंगलबार) नै भएको अर्को सेमिफाईनल खेलमा श्रीलंकालााई ३-० को सोझो सेटमा पराजित गर्दै भारत फाईनलमा प्रवेश गरेको हो ।

नेपालले ईरानलाई २५-२१,२८-२६ र २५-२० ले पराजित गरेको हो ।

नेपाल र भारत बुधबार हुने फाईनल खेलमा उपाधीको लागि भिडने छ । बुधबार नै तेस्रो स्थानको लागि ईरान र श्रीलंका को भिडने छन।