सयपत्रीको रक्तदान कार्यक्रममा ५५ युनिट संकलन

-


     नयाँ लिपि    
     श्रावण १९ गते २०८१ मा प्रकाशित


पोखरा । ‘रक्तदान जिवन दान,जिवन दान महादन’ भन्ने मुल नाराका साथ सयपत्री बचत तथा ऋण सहकारी संस्था पोखरा ११ रानीपौवाले आफ्नो १५ औं स्थापना दिवस तथा ११ औं खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक जनाद्र्धन बाँस्तोलाले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्यले प्रतिकुल समयमा पनि सहकारीले नियमित रक्तदान कार्यक्रम गरेर सामाजिक कार्यमा अग्रसर भएकोमा खुसी व्यक्त गरे ।

प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दे संस्थाका अध्यक्ष टिका बहादुर कार्की

कर्माचार्यले कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी,कास्की प्रादेशिक रक्त संचार सेवाले पोखरामा अन्तराष्ट्रिय स्तरको भवन निर्माण गरि सेवा दिन लागेकोमा खुसी व्यक्त गर्दे आफ्नो वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

सहकारीका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष धर्म प्रसाद बास्तोलाले स्वागत मन्तव्य र संस्थाका शिक्षा उपसमिति सदस्य लक्ष्मी गुरुङ्गले सहकारीका सिद्धान्त प्रस्तुत गरेकी थिईन ।

संस्थाका निर्वतमान अध्यक्ष रविन्द्र बास्तोलाले पोखराका अधिकांश सहकारी अतिकति तलमाथि भए सकिने संभावना भए पनि हाम्रो यस सयपत्री सहकारी त्यस्तो अवस्थामा नरहेको बताएका छन ।

नेपाल रेडक्रस सोसाइटी कास्कीको प्रविधिक सहयोग रहेको उक्त कार्यक्रममा रक्त सञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले पोखरामा सरदर दैनिक १०० युनिट रगत आवश्यक रहेको बताउदै रक्त सञ्चारबाट दिने सेवालाई व्यवस्थित गर्न रक्तदान आयोजना गर्ने संघ संस्थाहरुलाई एकैदिन कार्यक्रम नराख्न समेत अनुरोध गरेको छन ।

संस्थाका अध्यक्ष टिका बहादुर कार्कीले पहिलो रक्तदाता नारायण श्रेष्ठ (गोर्खाली) लाई ब्लड ब्याग हस्तानन्तरण गरि सुरु भएको कार्यक्रममा काहुँकोट बहुउद्देश्य सहकारी अध्यक्ष भोजराज घिमिरे ,संस्थाका पुर्व अध्यक्ष विश्वराज बाँस्तोला, पुर्व का.वा.अध्यक्ष भीम प्रसाद न्यौपाने ,सल्लाहकार माधव प्रसाद बास्तोला(मधु) , चापापानी साकोसका सचिव ईन्दीरा कोईराला, पोखरा महानगरपालिका १२ का वडा सदस्य शान्ती कोईरालाले लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम संचालन संस्थाका सचिव बसन्त कोइरालाले गरेको थिए ।

हाल संस्थाको शेयर पुँजी १६ करोड ६२ लाख निक्षेप जगेडा एंव अन्य १९ करोड ६१ लाख स्थिर सम्पत्ती ५ करोड ४७ लाख कर्जा लगानी १ अर्ब ३० करोड तरलता २७ करोड वासलात १ अर्ब ८३ करोड रहेको संस्थाका प्रबन्धक विकास सुवेदी बताए ।