पश्मिाञ्चल कपास उद्योगमा आगलागी (तस्बिर सहित)

-


     नयाँ लिपि    
     श्रावण १७ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको गैह्रपाटनमा रहेको पश्मिाञ्चल कपास उद्योगमा आज बिहान आगलागी भएको छ ।

आगलागीबाट कम्पनीको करिब २२/२३ लाख क्षति भएको जनाएको छ ।

विद्युतको एमसिबी सर्ट भएको कारण उक्त घटना हुन पुगेको संचालक बसन्त कतिलाले नयाँ लिपीलाई बताए । स्थानीय कतिलाले आफ्नै जग्गामा विगत १२ वर्ष देखि कपास उद्योग संचालन गर्दे आईरहेको थिए ।


आज (बिहिबार) करिब ११ बजेर ५ मिनेटमा आगलागी भएको स्थानीयले बताए ।

नेपाल आर्मी,नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,स्थानीय र नगर प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको छ । घटनामा कुनै मानवीय क्षति नभए पनि त्यहाँको मेसिन,कपास तथा अन्य सामान नष्ट भएको प्रहरीले जनाएको छ ।

हिजो पोखराको लेकसाइडमा रहेको मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको थियो । उक्त आगलागीका कारण करिब डेढ करोडभन्दा बढीको क्षति भएको थियो ।