हतियार देखाई सुनका गरगहना लुट्ने पक्राउ

-


     नयाँ लिपि    
     श्रावण १६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा धारिलो हातहतियार देखाई सुनका गरगहना लुट्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले कास्कीको माछापुच्छ्रे गाउँपालिका १ रुम्जा बस्ने शशीधर काफ्लेका घरमा ४/५ जना मानिसहरु आई धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर,मोवाईल १ थान र नगद १ लाख ७३ हजार समेत गरि १४ लाख ८ हजार बराबरको चोरी गरेको थियो ।

चोरी भएको सुचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर कास्कीबाट प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कास्कीको माछापुच्छ्रे ४ लाहाचोकका ४२ वर्षिय सुर्य बहादुर घर्ती क्षेत्री,माछापुच्छ्रे २ भराभरीका ५१ वर्षिय खड्क बहादुर पुन मगर,पोखरा २१ का ५८ वर्षिय लोक बहादुर राना मगर र पोखरा ३ नदिपुर बस्ने ३५ वर्षिय राजु सुनार रहेको प्रहरीले जनाएको छ ।

उनीहरु ४ जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले बताए ।