पोखरामा लाखे नाच प्रतियोगिता हुने

-


     नयाँ लिपि    
     श्रावण १६ गते २०८१ मा प्रकाशित


पोखरा । नेवाः खलः कचा पृथ्वीचोकको आयोजनामा साउन २६ गते लाखे नाच प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

प्रतियोगीतामा दर्शकहरुलाई प्रवेश निःशुल्क गरिएको छ भने दर्शकहरुलाई नेवारी परम्परा अनुसारको झव्ः भ्वय्ः खुवाउने कार्यक्रम समेत रहेको मुलसंयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले बताए ।

कार्यक्रम सम्पन्न गर्नका लागि करिब २१ लाख खर्च हुने अनुमान गरेको उक्त कार्यक्रममा २० टोलीले प्रतिस्पर्धामा भाग लिने भए पनि २३ टोलीको नृत्य हेर्न पाइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद रु ५५ हजार ५ सय ५५, ३३ हजार ३ सय ३३, २२ हजार २ सय २२ र ११ हजार १ सय ११ का साथमा मायाको चिनों तथा प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगीता संयोजक रेशम श्रेष्ठले बताए ।
प्रतियोगितामा भाग लिने टोलीलाई दर्ता शुल्क ५ हजार तोकिएको छ भने एक टोलीमा ६ देखि १० जनाले भाग लिन पाउने आयोजकले जनाएको छ ।

लाखे नृत्य प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउने टोली आवश्यक पोशाक, मुकुण्डो, गहना, र बाजाहरुको व्यवस्था स्वयं व्यवस्था गर्नु पर्ने बताईएको छ ।

कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे,नेवाःखल कचा पृथ्वीचोकका अध्यक्ष रेशम श्रेष्ठ,नेवा पत्रकार उदय आमात्य,नेवाः खल कचा पृथ्वीचोकका पूर्व अध्यक्ष गजेन्द्रमान श्रेष्ठ लगायतले बोलेका थिए ।