सवारी साधनमा ढुङ्गा हान्ने धन बहादुर पक्राउ

-


     नयाँ लिपि    
     श्रावण १५ गते २०८१ मा प्रकाशित


पोखरा । पोखराको पृथ्वीचोकमा सवारी साधनमा ढुङ्गा हान्ने धन बहादुर लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनले पोखराबाट काठमाण्डौतर्फ जाँदै गरेको लु १ प ७ को पर्यटक बसको चालकलाई गाली गलौज गर्नुका साथै सवारी साधनको सिसा फुटाई दिएका थिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशले आयोजना गरेका बन्दको दिन उनले ढुङ्गा प्रहार गरि सवारी साधनको सिसा फुटाएका थिए ।

काभ्रेपलान्चोक नमोबुद्ध न.पा. वडा नं.६ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं ५ मालेपाटन बस्ने ४६ वर्षिय लामालाई कास्की प्रहरीले टोलीले पोखरा १६ दिपबाट पक्राउ गरेको हो । उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईने प्रहरीले जनाएको छ ।