स्कुल बस दुर्घटना अपडेट : आमा छोराको मृत्यु ,२८ जना घाईते

-


     नयाँ लिपि    
     श्रावण १४ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा आज बिहान ८:५५ बजे विद्यार्थी लिएर पोखरा फर्कदै गरेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको बस दुर्घटना हुदाँ आमा छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृत्यु हुनेमा सोहि स्कुलका सहयोगी ३३ वर्षिया आरती बिक र उनका छोरा प्रिन्स बि.क रहेको प्रहरीले जनाएको हो ।

पोखरा महानगरपालिका वडा नं.२१ गुड्कुस्थित भित्री सडक खण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नं.को बस अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको थियो ।

उक्त बसमा चालक तथा बिद्यार्थी सहित ३० सवार रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परि घाईते पोखरा म.न.पा. २१ का ९ वर्षका अनमोल बि.क, सोही ठाउँका ५ वर्षका रोशन बराल, राम्दीका ६ वर्षिया योना गुरुङ, सोहि ठाउँ का १३ वर्षिया डिना गुरुङ, १५ वर्षिया प्रकृती कार्की, एकहाते का ६ वर्षिय प्रिन्स राना,रामदीका ७ बर्षकी चिजा बि.क, सोहि स्थानका ९ बर्षको प्रवेश कार्की, बर्ष १२ की विसिका पौडेल,११ बर्ष का बिश्वास पौडेल, सोही ठाउँकी १२ की सिम्रन बि.क र रामदी का ११ वर्षका विवश खत्री गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ ।

अनन्या पौडेल, सिमन मगर, न्युजन मगर,रिजन मगर, रामकृष्ण नेपाली, अंकित खत्री, सितादेवी बिक, अस्मित बि.क.,सुमित्रा सुनार,निर्दोष सुनार,सपना आले र निश्चल सुनारको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भ ईरहेको प्रहरीले जनाएको छ । बस चालकटेक बहादुर भुजेल,निशान सुनार र सागर को मणिपाल शिक्षण अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएको हो । अन्य विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ ।