पोखरामा स्कुल बस बाटो मुनि खस्यो

-


     नयाँ लिपि    
     श्रावण १४ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरामा आज बिहान विधार्थी लिन गएको बिरौटा १७ मा रहेको एलपी देबकोटा बोडिङ स्कुलको बस बाटो मुनि खसेको छ । पोखरा २१ फुस्रे खोला नजिकको बाटो बाट ४०/५० मिटर तल खसेको बसमा २२ जना विधार्थी र चालक र सह- चालक गरि २४ जना सवार थिए । घाईतेको पोखरा बिरौटामा रहेको नमस्ते अस्पताल र गण्डकी मेडिकल कलेजमा उपचारको लागि लगिएको छ । २ जनाको अवस्था गम्भिर भएको घटना स्थलबाट सन्चारकर्मी प्रवेश पोख्रेलले बताए ।