महिला एसिया कप : नेपाल प्रतियोगिताबाट बाहिरियो 

-


     नयाँ लिपि    
     श्रावण ८ गते २०८१ मा प्रकाशित


नेपाल महिला एसिया कपमा क्रिकेटको आज भारत सङ्ग भएको खेलमा नेपाललाई भारतले  ८२ रनले  जित्यो । यो सङै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

१ सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाई ९६ रनमात्र जोड्न सक्यो । 

रनगिरी दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ७८ रन बनाएको थियो । 

नेपालका ओपनर सीता रानामगरले सर्वाधिक १८ रन बनाइन् । उनले २२ बल खेली ३ चौका प्रहार गरिन् । अर्की ओपनर सम्झना खड्का ७ बलमा ७ रन बनाएर आउट भईन  । तेस्रो नम्बरमा पठाइएकी कविता कुँवरले ११ बल खेली १ चौका प्रहार गरि ६ मात्र जोडिन । 

कप्तान इन्दु बर्माले १८ बल खेली २ चौका प्रहार गरि १४ रन बनाइन् । उनले आफूले सामना गरेको पहिलो दुई बलमै चौका प्रहार गरेकी थिइन् । रुविना क्षेत्रीले १६ बल खेली २ चौका र १ छक्काका साथ १५ रन जोडिन् । पुजा महतो २, कविता जोशी शुन्य, डली भट्ट ५, काजल श्रेष्ठ ३ रनमा आउट भइन् । विन्दु रावल १९ बल खेली २ चौका प्रहार गरी १५ र सबनम राई १ रन बनाई अविजित रहिन् ।

भारतबाट सफाली वर्माले ८१ रन बनाईन् । महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर पनि हो । उनले दयालान हेमालथासँग पहिलो विकेटमा १४ ओभरमा १ सय २२ रन जोडेर भारतलाई सानदार सुरुआत दिलाएकी थिइन् ।

सफालीले ४८ बल खेली १२ चौका र १ छक्का प्रहार गरिन । सीता रानामगरले उनलाई काजल श्रेष्ठबाट स्टम्म आउट गराईन् । हेमथलथाले ४२ बलमा ४७ रन बनाइन् । उनले ५ चौका र १ छक्का प्रहार गरिन् । सीताले दुवै ओपनरलाई आउट गरेकी थिइन् । कविता जोशीले सजिवन सजनालाई १० रनमा एलबीडब्लु आउट गरिन् ।

सीताले २ विकेट लिनेक्रममा ४ ओभरमा २५ रन खर्चिन । कविताले ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिइन् । 

सबनम राईले ४ ओभरमा कुनै विकेट नलिई ४१ रन खर्चन पुगिन् ।

पहिलो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । समूह ‘ए’ मा भारतले  अहिले सम्म भएको तिनै खेल जितेको छ ।