पोमनपा २५ ले नयाँ प्रशासनिक भवनबाट सेवा सुरु गर्यो 

-


     नयाँ लिपि    
     श्रावण ६ गते २०८१ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका २५ को नयाँ भवनबाट सेवा दिन सुरु भएको छ ।  

पहिला सेवा दिदै आएको कार्यालय भवन साघुरो भएकोले सेवा दिन कठिनाई भएको थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सेवा ग्राहीको सेवाको लागि भवन आवस्यक रहेको बताउदै भवन मात्र नभइ सेवा पनि चुस्त दुरुस्त हुनु पर्ने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेबी , पोखरा महानगरपालिका २ का वडा अध्यक्ष दिवस मान प्रधानांग, साबिक हेमजा गाबिसका अध्यक्ष रामचन्द्र त्रिपाठी  र गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेल लगायतले बोलेका  थियो ।

सोही कार्यक्रममा गौरि शंकर मा.बिका अध्यक्ष भोजराज पौडेल, गौरि शंकर मा.बिका प्र.अ अम्बर कुँवर, साबिक ग्रामप्रकास आ.बि का अध्यक्ष दलबहादुर कुँवर प्र.अ मनोहरी तिमिल्सिना लगाएत अन्य सदस्यलाई सम्मान गरिएको थियो ।

वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वडा सदस्य धनकुमारी पोखरेल तिमिल्सिनाले र सञ्चालन सूचना अधिकारी इश्वरी बाँस्तोलाले गरेकी थिईन ।