काठमाडौ महानगरपालिकाले ९१२ जनालाई दियो एक साथ रोजगारी

-


     नयाँ लिपि    
     श्रावण १ गते २०८१ मा प्रकाशित



काठमाडौ महानगरपालिकाले ९१२ जनालाई एक साथ रोजगारी प्रदान गरेको छ । जसमा ३२९ जना निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरेको हो ।

काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ ले सामाजिक संञ्जाल फेसबुकमा स्टाटस मार्फत उक्त कुराको जानकारी गराएका हुन ।

काठमाडौ महानगरले रोजगारी प्रबद्र्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्धेश्यले ‘गौरव योजना रोजगार र आयवृद्धि काठमाडौको समृद्धि तथा श्रम बैक स्वर्णिम योजना’ अगाडि बढाएका थियो ।

आर्थिक वर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाईन मार्फत २००० गरि ६०२२ जनाले तालिम सम्पन्न गरेको कुरा समेत उनले फेसबुक स्टाटसमा जनाएका छन । यसबाट श्रम बैकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अलक्ष ४१८ गरि ९११ जनाले रोजगारी पाएका छन । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरुमा ५८३ जना महानगरका विभिन्न विभागहरुमा महानरमार्फत रोजगारी उपलब्ध गराइएको जनाएका छन ।

काठमाडौ महानगरले एक आर्थिक वर्षमा १७०० भन्दा बढी नेपालीलाई रोजगार/स्वरोजगार बनाउन सक्यो । आगामी वर्षमा अझ परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेको समेत मेयर बालेनले फेसबुक स्टाटसमा बताएका छन । सीपमेला २०८१ मा फर्म भरेकाहरुलाई तालिमतालिका अनुसार उपलब्ध गराउने र उनीहरुलाई समय र स्थानको लागि एसएमस मार्फत जानकारी दिने समेत उनले उक्त स्टाटसमा जनाएका छन ।

बालेन्द्र शाह ‘बालेन’ गएको चुनावमा स्वतन्त्र उम्मेदवारबाट काठमाडौ महानगरको १५ औ मेयरको रुपमा आएका थिए । उनले केशव स्थापितलाई हराउदै काठमाडौको मेयर बनेका थिए । उनी पेशाले स्ट्रक्चरल इन्जिनियर हुन । तर उनलाई धेरैले र्याप गायककै रुपबाट चिने । उनी सन १९९० अ्िरपल २७ मा काठमाडौमा जन्मेका थिए ।