चुँदी खोलाले बगाएको निम बहादुर मृत फेला

-


     नयाँ लिपि    
     असार ३१ गते २०८१ मा प्रकाशित


प्रतिकात्मक तस्विर

शम्भु श्रेष्ठ,तनहुँ । भानु नगरपालिका ६ लेङगाबारी स्थित रहेको चुँदी खोलाले बगाएको निम बहादुर मस्राङगी मृत अवस्थामा फेला परेको छ ।

घटना भएको स्थान भन्दा २ किलोमिटर तल उनको लास आईतबार फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरिक्षक दिलिप कुमार हुमागाईले बताए । हिजो (शनिबार)उनलाई नुहाउन जाने क्रममा खोलाले बगाएको थियो ।

आज(आईतबार) बिहान खोलाको किनारमा मान्छे देखे पछि त्यहाँका स्थानियले प्रहरीलाई खबर गरेको थिए ।

स्थानीयले खबर गर्ने बितिक्कै त्यहाँ पुगेको प्रहरीले उक्त लास निम बहादुरको भन्ने पुष्टि गरेको तनहुँ प्रहरी जनाएको छ । अहिले पोष्टमार्टमको लागि उनको डेड बडि दमौली अस्पतालमा राखेको र मृतकको आफन्त आए पछि पोष्टमार्टम प्रकृया अघि बढाईने प्रहरीले जनाएको छ ।