बन्दिपुरको भित्री सडक पुरा नहुदै बिग्रियो

-


     शम्भु श्रेष्ठ    
     असार २८ गते २०८१ मा प्रकाशित


तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दिपुर, पृथ्वी राजमार्गको सडक संजालले पनि राम्रौ सँग जोडिएकोछ र जोडिने क्रममा पनि जारी छ ।

बन्दिपुरको वडा नं. १ र ४ लाई जोडने गरी निमार्ण भएको ३ कि.मि कालो पत्रे भित्री सडक पुरा नहुदै पहिरोको कारणले विभिन्न ठाउँमा भासिनुको साथै उच्च जोखिम अवस्थामा रहेको छ ।

करौडौ रकम खर्चिएर बनाएको उक्त सडकको प्रवेशद्धार नै पृथ्वी राजमार्ग विस्तारका क्रममा भत्काइएको कारणले सडक संचालन हुन सकेको छैन । पृथ्वी राजमार्गले विस्तारका क्रममा प्रवेशद्धार भत्काइदा स्थानिय सरकारको समन्वय किन फितलो भयो भन्ने प्रश्न गौड बनेको छ ।

बाटो विस्तारको क्रममा बन्दिपुर ४ को जोखिममा परेको घर

यसरी प्रवेशद्धार भत्काइदा एकातिर बनेको सडक संचालन हुन नसक्नु र अर्कातिर आसपासमा रहेका २, ३ घर उच्च जोखिममा रहनुले स्थानिय सरकारको अपरिपक्कता झल्किएको छ । स्रोतका अनुसार प्रवेशद्वारको टुङ्गो लगाउनको लागि पालिकाले सर्वदलिय वैठक नै बोलाएको थियो तर पनि ६,७ करोडको लागतमा निमार्ण भएको उक्त सडकको प्रवेशद्धार कहाँबाट संचालनमा ल्याउने भन्ने टुङ्गो अझै लगाउन सकिएको छैन । स्थानिय मानिसहरु नजिकैको पल्टिङ गरेको क्षेत्रबाट दैनिकी गरिरहेका छन ।

बन्दिपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले अहिले जोखिममा भएको घर कन्सल्टेनलाई भनेर वाल लगाउने कार्यलाई अगाडी बढाएको बताए । त्यहाँका स्थानीय संग बसेर जोखिममा परेका घर बचाउन जाली लगाउन दिने सहमती भए पनि प्रवेशद्धार कहाँबाट हुन्छ भन्ने स्वयम प्रमुख थापालाई पनि थाहा छैन ।

बन्दिपुर ४ र १ जोड्ने प्रवेशद्धार नजिक पृथ्वीराजमार्गको बाटो

यस विषयमा बन्दिपुर ४ का वडा अध्यक्ष दान बहादुर थापा संग बुझदा त्यहाँ स्थानियहरु बिच बाटो लाने विषयमा निचोड ननिस्कदाँ यस्तो समस्या आएको बताउँछन । उनीहरु बिच बाटो लाने विषयमा आफुलाई पायक पर्ने गरि लाने भन्ने भएकोले प्रवेशद्धारका घरहरु जोखिममा परेको सुनाए । करौडो खर्चेर शहरी विकासले बनाएको उक्त बाटो अहिले वर्षाको कारणले भत्किएर आवत जावतमा समस्या परेको छ । वडा अध्यक्ष दान बहादुरले सडक बनाउने ठेकेदारको ४० लाख बैक ग्यारेन्टी छ । सडक मर्मत नहुदाँ सम्म बैक ग्यारेन्टीको लागि आफ्नो वडाले चिठी नदिने बताए ।